काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९ सय ७६ जना र २ हजार ८ सय १ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख ६९ हजार २ सय ७१ जनामा र एन्टिजेन विधिबाट ८५ हजार ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ५ सय ३४ जना निको भएका छन् । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ८ सय ३८ पुगेको छ भने ७ लाख २७ हजार १ सय ८५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २ सय ४८ जना रहेका छन् ।