काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा १ हजार ४ सय २३ जना निको भएका छन्। मन्त्रालयका अनुसार हालसम्म ७ लाख ३९ हजार ४ सय ५७ संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार ७ सय ५७ छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९ सय ४९ पुगेको छ । भेन्टिलेटरमा १४० जनाको उपचार भइरहेको छ भने आईसीयूमा ४५४ उपचाररत छन्। त्यसैगरी २५ हजार १ सय ७१ जना संक्रमित होम आइसोलेशनमा , १ हजार ५ सय ८६ संक्रमित संस्थागत आइसोलेशन र ३ सय २१ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् ।