खाँदबारी । संखुवासभाको मादीमा ६ जनाको हत्या भएको घटनाका दोषीमध्ये चार जना जेल चलान भएका छन् । संखुवासभा जिल्ला अदालतको फैसलापछि चार जनालाई जिल्ला कारागार खाँदबारीमा पुर्पक्षका लाथि थुनामा पठाइएको हो । अदालतले एकजनालाई बाल सुधार गृह विराटनगर पठाउन आदेश दिएको छ।
मादी नगरपालिका १ उम्लिङ खोला गाउँस्थित तेजकुमार कार्कीसमेत गरी एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेका उनीहरूलाई अदालतले फैसला सुनाएको हो। गत भदौ २१ गते हत्यामा संलग्न रहेका अभियुक्त सोही गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की, हस्तबहादुर कार्कीलाई पुर्पक्षका लागि कारागार कार्यालय खाँदबारीमा पठाइएको छ।
त्यस्तै एकजनालाई भने बाल सुधार गृह विराटनगर पठाइएको छ। यही असोज १५ गते प्रहरीले सरकारी वकिल कार्यालय चैनपुरमा अनुसन्धान प्रतिवेदन पेस गरी आइतबार संखुवासभा जिल्ला अदालत चैनपुरमा उपस्थित गराई सोमबार थुनछेक बहस भएको थियो। बहसपछि अदालतले आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो। नागरिक खबरबाट