कमला नदीको पुल फेरि भासियो

धनुषा । हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहाबीच रहेको कमला नदीको पुल फेरि भासिएको छ । दुई दिनदेखिको अविरल वर्षाले बाढी आउँदा कमला नदीस्थित पुलको अर्को स्पान भासिएको हो ।

बुधबार मध्याह्न धनुषा जिल्लातर्फको ३ नम्बरको पिलर भासिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिए । उनले भने, ‘पुलको पिलर भासिएको सूचना आएको छ, कमला सिंचाई आयोजना र सुरक्षाकर्मीलाई निरीक्षण गर्न भनेका छौं ।’

यसअघि यो पुलको एउटा स्पाम १७ असारको अविरल वर्षाका क्रममा भासिएको थियो । त्यतिबेला सिरहाको बसपिट्टातर्फको स्पान भासिएको थियो ।हुलाकी सडक अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला पुलको झण्डै ९९ प्रतिशत काम सम्पन्न भइसकेको थियो । पुल निर्माणको ठेक्का ०६८ मै पप्पु–लुम्बिनी जेभीले करिब २५ करोड रुपैयाँमा लिएको थियो ।पछिल्लो समय लुम्बिनी बिल्डर्सले पुलको बाँकी काम सम्पन्‍न गरेको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार