
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना हुनुभएको छ । नेकपा एकीकृत समाजवादीकी सचिवसमेत रहेकी मन्त्री झाँक्रीको स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ वीर अस्पताल भर्ना हुनुभएको हो।
‘दुई दिनदेखि ज्वरोसँगै निमोनियाको लक्षण देखिएपछि हिजो साँझ अस्पताल भर्ना हुनुभएको हो,’ मन्त्री झाँक्रीका स्वकीय सचिव फुर्वा तामाङले भन्नुभयो, ‘अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।’मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार आइरहेको स्वकीय सचिव तामाङले बताउनुभयो। अनलाइनखबरबाट


















































