एजेन्सी । खुट्टामा चोट लागेपछि इंग्ल्याण्डका ब्याट्सम्यान जेसन रोयले टी–२० विश्वकपका थप खेलहरू खेल्न नसक्ने भएका छन् । उनको स्थानमा जेम्स भिन्सलाई टोलीमा समावेश गरिएको छ ।
सुपर १२ को अन्तिम खेलमा दक्षिण अफ्रिकाविरुद्ध पराजित हुने क्रममा रोय चोटग्रस्त बनेका थिए । फिल्डिङ गर्दा नै उनको खुट्टामा समस्या देखिएको थियो । पछि ब्याटिङ गर्दा पाँचौँ ओभरमा सिंगल लिने क्रममा उनको खुट्टामा थप समस्या देखिएको थियो । उनको देब्रे खुट्टाको मासु च्यातिएको भनिएको छ । १५ बलमा २० रन बनाएपछि उनी रिटायर्ड हर्ट भएका थिए । उनले अर्का खेलाडी टम करानको सहायताले मैदान छाडेका थिए ।
आइतबार गरिएको थप परीक्षणमा मासु च्यातिएको पुष्टि भएपछि उनी नकआउट चरणका लागि समयमा नै निको नहुने स्पष्ट भएको थियो । घाइते हुन अघि न्युजिल्याण्डविरुद्धको खेलमा उनले ४४ बलमा ७८ बल बनाउँदै प्लेयर अफ द म्याच घोषित भएका थिए । रातोपाटीबाट