म्याग्दी । नेपाली काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशनमा युवा नेता भरतबहादुर रकालले सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । मंगलवार बेनीमा पत्रकार सम्मेलन गरि वर्तमान कार्यसमितिका सहसचिव समेत रहनुभएका नेता रकालले बुधवार हुने जिल्ला अधिवेशनमा जिल्ला सचिव पदमा घोषणा गर्नुभएको हो । जिल्ला अधिबेशनमा सभापति पदका आकाँक्षी समेत रहनुभएका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को प्यानलबाट आफ्नो उम्मेदवारी रहेको बताउँदै रकालले पार्टीमा युवाहरुको प्रतिनिधित्व गर्दै सचिब पदमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।
पार्टीले जिल्लामा लामो समयदेखि संघीय निर्वाचनमा व्यहोरेको पराजयलाई बिजयीमा बदल्न पार्टीमा युवाहरुलाई सक्रिय जिम्मेवारी र प्रोत्साहन गर्नुपर्ने भएकाले युवापंतीबाट सचिब पदमा उम्मेदवारी दिन आएको सल्लाह र सुझाब र आफ्नो राजनीतिक अनुभवका आधारमा सचिव पदमा उम्मेद्वारी दिन लागेको उहाँको भनाई छ । नेविसंघ म्याग्दीका पूर्व जिल्ला सभापति समेत रहनुभएका रकाल युवा पंतिमा लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्छ ।सञ्चारकर्मी र विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट सानै उमेरमा पार्टीको जिल्ला समितिमा रहेर एक कार्यकाल काम गरिसकेका रकाल काँग्रेसको बैचारिक युवा नेताको रुपमा चिनिनुहुन्छ ।