संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन शीर्ष नेतालाई ध्यानाकर्षण गराउने

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन संयुक्त विद्यार्थी संगठनहरूले माग गरेका छन् । बुधबार बागबजारमा बैठक गरेर उनीहरूले थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेका छन्।

जसअनुसार मंसिर ३ र ४ मा सबै दलका शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । मंसिर ५ मा एक व्यक्ति एक रूपैयाँ संकलन गरी नेपाल आयल निगमलाई बुझाउने कार्यक्रम पनि रहेको समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार