क्यानडामा बाढीको बितण्डा

एजेन्सी । उत्तर अमेरिकी मुलुक क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तमा भीषण वर्षापछि आएको बाढी र डुबानले जनजीवन प्रभावित भएको छ। समाचार संस्था रोयटर्सका अनुसार त्यहाँका अधिकारीहरूले बिहीबार दिउँसोसम्म १ जनाको मृत्यु भएको र तीन जना हराइरहेको जानकारी दिएका छन्।

वर्षापछि आएको बाढी–पहिरोले राष्ट्रिय राजमार्ग ठाउँ–ठाउँमा बगाएको छ। पहाडी भू–भागका धेरै बस्तीहरू सम्पर्कविच्छेद भएका छन्। प्रान्तमा संकटकाल घोषणा गरिएको छ।

अमेरिका–क्यानडा–मेक्सिकोको सम्मेलनका लागि वासिङ्टनमा रहेका प्रधानमन्त्री जस्टिन ट्रुडोले बाढी र डुबानमा फसेकाहरूको उद्धारका लागि वायु सेना परिचालन गरिएको बताएका छन्। ब्रिटिस कोलम्बियाले केही महिनाभित्र भोगेको यो दोस्रो प्राकृतिक विपत्ति हो। यसअघि गत जुनमा त्यहाँको जंगलमा भीषण आगलागी भएको थियो। आगलागीमा एउटा सहर नै जलेको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार