तीन दर्जन किरात भाषा लेखन अब सिरिजङ्गा लिपिमा

काठमाडौँ । लिम्बू भाषा तथा साहित्य लेखनमा समृद्ध किरात सिरिजङ्गा लिपि अबदेखि तीन दर्जनभन्दा बढी किरात भाषाहरु लेखनमा प्रयोग हुने भएको छ ।

किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात राई यायोक्खालगायत संस्था संवद्ध किरात समन्वय समितिले केही महिनाअघि ‘किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदल–२०७८’ गठन गरेको थियो ।

भाषाशास्त्री डा.तारामणि राई संयोजक रहेको कार्यदलले किरात भाषाहरुमा रहेका ४८ व्यञ्जन वर्ण र १२ स्वरवर्णअनुसार किरात सिरिजङ्गा लिपि समायोजन गरी प्रतिवेदन बुझाएसँगै अरु भाषामा प्रयोग गर्न सहज बनेको हो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार