
काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणुकुमारी यादवलाई पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नुभएको छ ।
नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण गर्ने मन्त्रीलाई तत्काल हटाउन माग गर्नुभएको हो । भट्टराईले लेख्नुभएको छ, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हाटाउनु पर्यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नु पर्यो । अर्को बाटो छैन ।’
भौतिक पूर्वाधारमन्त्री यादवले बुधबार रौतहटको सदरमुकाम गौरमा आयोजित कार्यक्रममा अर्को गौर नरसंहार मच्चाएर जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको हत्या गर्ने धम्की दिनुभएको थियो ।nagarikkhabar