काठमाडौँ । आफ्नो पदावधि नपढाएको भन्दै प्रधानमन्त्रीलाई उजुरी गरेका नेपाली सेनाका उपरथी अनन्त कार्कीलाई सेनाले कारबाही गर्ने भएको छ । सैनिक अनुशासन उल्लंघन गरेको आरोपमा उनलाई जंगी अड्डाले कारबाही गर्ने तयारी थालेको हो।
उनले आफ्नो पदावधि नथपिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयमा लिखित उजुरी दिएका थिए। उनले राष्ट्रपति, सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई उजुरीको बोधार्थसमेत पठाएका थिए। सैनिक ऐनअनुसार उपरथीको कार्यकाल थप्ने–नथप्ने अधिकार प्रधानसेनापतिमा निहित छ।उपरथी कार्कीको कार्यकाल नथपिएपछि उनले माघ २४ गतेदेखि अवकास पाउँदैछन्। त्योभन्दा १५ दिनअगावै विदामा बस्ने सैनिक परम्परा छ। त्यसैले कार्कीमाथि १–२ दिनभित्रै कारबाही हुन सक्ने सैनिक स्रोतले बतायो।
उनले चेन अफ कमाण्डको उल्लंघन गर्नुभएको, चित्त नबुझेमा प्रधान सेनापतिलाई पहिला नभनेको, तालुकदार रक्षा मन्त्रालयलाई कुनै जानकारी नदिएर सिधै प्रधानमन्त्री कार्यालय गएर गल्ती गरेको सेनाको ठहर छ ।कार्कीले मिडियाबाजीसमेत गरेको कारण यस्तै कारबाही हुन्छ भन्ने एकिन भएको छैन । तर, उनलाई जसरी पनि कारबाही गर्ने सेनाको तयारी छ । नागरिक खबरबाट


























