बिहेको रथ दुर्घटना : दुईको मृत्यु, १४ घाइते

बारा । बिहेमा बेहुला चढेको रथ पल्टिदा आर्दशकोतवाल–३ बतरा टोलमा सोमबार राती दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। बतराको लक्ष्मण महरा चमारको छोरा श्रीराम महराले बिहे गर्न जाने क्रममा प्रयोग गरेको रथ पल्टिदा घटना घटेको बारा प्रहरीले जनाएको छ।

बतराको ग्राम देउता ब्राह्म बाबाको पूजा गरेर फर्किँदै गर्दा बेहुला चढेको रथ अनियत्रित भई पल्टिदा घटनास्थलमै शैला कुमारी राम र निलम कुमारी रामको मृत्यु भएको बाराका प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले बताउनुभयो । रथ पल्टिनु भन्दा पहिला गाउँमा रहेका स्थानीयहरूलाई ठक्कर दिदा १४ जना जति घाईते भएको भएको उपरिक्षक देउवाले बताउनुभयो । घाइतेहरूको कलैया जिल्ला अस्पताल र अन्यलाई बिरगन्जको विभिन्न अस्पतालमा उपचार भैरहेको उहाँले बताउनुभयो।

बतराको लक्ष्मण महरा चमारको छोरा श्रीराम महराको सहजौली गर्नको लागि जन्ती लिएर जानुभन्दा पहिला बेहुला श्रीराम महरा रथमा बसेर परिवारका सदस्य र आफन्तहरूसँग रथमा बसेर गाउँको ब्राह्मम बाबाको पूजा गर्न गएको र पूजा गरेर फर्किँदै गर्दा रथ अनियन्त्रित भएर दुर्घटना भएको आदर्शकोतवाल गाउँपालिका ३ का वडा अध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिनुभयो । मृत्यु हुने शैला कुमारी बिहेमा सहभागी हुने सिम्रौनगढ नगरपालिका ७ बाट बतरा आएका थिइन् भने निलम कुमारी बतराकै निवासी रहेको वडा अध्यक्ष यादवले बताउनुभयो ।

गाउँमा मासिन मरेको र घाईते भए पछि सोमबार गर्न लागिएको रामको बिहे नै स्थगित भएको अध्यक्ष यादवले बताउनुभयो । नेपाली काँग्रेस मधेश प्रदेशका उपाध्यक्ष चन्द्र शेखर यादवले बिहेमा प्रयोग गरिएको रथा पल्टिदा मृत्यु भएका र घाईते भएकाहरूलाई राज्य र स्थानीय स्तरबाट आर्थिक सहयोगको आवश्यकता रहेकोले सहयोगको माग गरेका छन्। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार