राष्ट्रिय सहकारी महासंघले २२ वटा संघको सदस्यता खारेज गर्दै

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले २२ वटा निस्क्रिय संघहरूको सदस्यता खारेज गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै महासंघले नियमित महासंघको गतिविधिमा सरिक नहुने तथा वार्षिक शुल्क समेत नबुझाउने २२ वटा सदस्य संघहरूको सदस्यता खारेज गर्न लागिएको जानकारी दिएको हो ।

सोही सूचनामार्फत महासंघले संघ नियमित गर्न नसक्नुको कारण सहित ३५ दिनभित्र महासंघमा स्पष्टिकरण दिन समेत सदस्य संघहरुलाई भनेको छ । लामो समय देखि नियमित वार्षिक शुल्क भुक्तानी नगर्ने तथा महासंघको कुनै पनि गतिविधिमा सरिक नरहने र सहकारी गतिविधिमा समेत निश्क्रिय रहने सदस्य संघहरुलाई यस्तो सूचना जारी गरिएको महासंघले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार