जनगणनाको प्रारम्भिक तथ्यांकमा विभागले समेटेन तेस्रो लिङ्गी

काठमाडौँ । तथ्यांक विभागले यो वर्ष २०७८ सालको प्रारम्भिक जनगणना सार्वजनिक गर्दा पुरुष र महिलाको मात्रै जनसंख्या समेटेको छ । विभागले आज तथ्यांक सार्वजनिक गर्नेक्रममा पुरुष र महिलाको संख्या स्पष्टसँग उल्लेख गरेको छ । तथ्यांकमा जनगणनाबाट पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ र महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ रहेको देखाइएको छ ।

तर, विभागले तेस्रो लिङ्गीको तथ्यांक कतै समेटिएको छैन । पुरुष र महिलाको जनसंख्या सार्वजनिक गर्दा तेस्रो लिङ्गीलाई किन छुट्याएको भन्ने प्रश्नमा विभाग भन्छ, ‘यो प्रारम्भिक रिपोर्ट हो । यसमा विस्तृत तथ्यांक समेटिएको छैन ।’ गणकहरूले जनगणना गर्दा सोध्न तयार पारिएको मूख्य प्रश्नावलीका आधारमा यो प्रारम्भिक तथ्यांक सार्वजनिक गरिएको विभागको भनाई छ ।

विभागले जनगणनाको प्रश्नावलीमा लिङ्गमा पुरुष र महिलालाई मात्र समेटेको जनाएको छ । जनगणनाको तथ्यांक संकलन गर्दै गर्दा गणकहरूको मूख्य प्रश्नावलीमा तेस्रो लिङ्गीलाई नसमेटिएकाले नै तथ्यांक आउन ढिला हुने विभागले बताएको छ ।‘अहिले महिला र पुरुषको मात्रै जनसंख्या समेटिएको छ । उमेर समूहअनुसार र बालबालिका तथा वृद्धवृद्धाको संख्या समेटिएको छैन,’ विभाग भन्छ, ‘अब विस्तृत तथ्यांकमा सबैलाई समेटिन्छ ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार