
विराटनगर । राष्ट्रियसभामा निर्वाचनअन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी हुनुभएको छ । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बन्नुभएको हो ।
निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्राप्त गर्नुभएको छ । तीन मत भने बदर भएको निर्वाचन अधिकृत लम्सालले बताउनुभयो। नागरिक खबरको सहयोगमा