कर्णाली प्रदेश समन्वय परिषद्को बैठक बस्दै

सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रदेश समन्वय परिषद्को बैठक आज बस्ने भएको छ। आज दिउँसो १ बजे सिद्धार्थ होटलमा परिषद्को बैठक हुने मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिनुभयो ।

‘सबै पालिकाका प्रमुखरउपप्रमुख एवम् अध्यक्षरउपाध्यक्षज्यूहरु यहाँ आएको अवसर पारेर पालिकासँग विकास निर्माण तथा अन्य विषयमा छलफल गर्न यो बैठकको आह्वान गरेका हौँ,’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘बैठकमा प्रदेशसभाका सदस्यहरु, ७९ वटै पालिकाका प्रतिनिधिहरुको सहभागिता हुने छ ।’

बैठकमा कर्णालीको विकास निर्माणका लागि आवश्यक सुझाव सल्लाह लिने र दुवै तहका सरकारबीच थप सम्बन्ध प्रगाढ बनाउँदै विकास निर्माणमा तीव्र रुपमा ध्यान दिने गरी छलफल गरिने मुख्यमन्त्रीले बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार