स्वास्थ्य मन्त्रीको खुलासाः निशुल्क खोप लगाउन ५ हजार तिरें

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ५ हजार रुपैयाँ तिरेर खोप लगाएको दाबी गर्नुभएको छ । अघिल्लो ओली सरकारको पालामा अनुदानमा आएको निशुल्क खोप लगाउन आफूले ५ हजार रुपैयाँ तिरेको स्वास्थ्यमन्त्री खतिवडाले एक टेलिभिजनलाई दिएको अन्तर्वार्ताका क्रममा बताउनुभएको हो ।

तत्कालीन ओली सरकारको पालामा छिमेकी मुलुकसहित विभिन्न दातृ राष्ट्रबाट आएको अनुदानको निशुल्क खोप लगाउन आफुले ५ हजार रुपैयाँ तिर्नुपरेको मन्त्री खतिवडाले दाबी गर्नुभएको हो । उहाँले, कोरोनाको खोप लगाउन ओली सरकारले सहज वातावरण नबनाइदिएका कारण अनुदानमा आएको खोपलाई समेत आफूले अधिक पैसा तिर्न बाध्य भएको बताउनुभएको हो ।

२४ लाख खोप हराएको बिषयमा केपी ओलीले गरेको टिप्पणी लक्षित खतिवडाले भन्नुभयो, ‘ओली सरकार हारेको बर्बराहटमा छन् त्यसैले जे पनि बोल्छन् । तर उनैको पालामा मैले ५ हजार रुपैयाँ तिरेर खोप लगाएँ । म जस्तो सांसद पदमा भएको व्यक्तिले पनि पैसा तिरेर खोप लगाउनु पर्यो । के गर्ने रु मर्ने डर भएपछि पैसा तिरेरै भए पनि खोप लगाएँ ।

बेइमानी अहिलेको सरकारका पालामा भएको छैन । जे भयो पहिले (ओली) सरकारको पालामा भएको छ ।’ ओली सरकारको पालामा छिमेकी मुलुकसहित विभिन्न देशले नेपाललाई खोप अनुदानमा दिएका थिए । तर खतिवडाले आफूले ५ हजार तिरेर लगाएको भन्दै जनतालाई निःशुल्क लगाउन ल्याइएको खोप बिक्री गर्ने ठाउँमा कसरी पुग्यो रु भन्र्दै प्रतिप्रश्न गर्नुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार