भारतमा विद्युतीय बसका कारण ठूलो दुर्घटना, ६ को मृत्यु

एजेन्सी । आइतबार कानपुरमा तीब्र गतिको विद्युतीय बसका कारण ठूलो दुर्घटना भएको छ । प्रहरीका अनुसार बसले तीन कार र थुप्रै बाइक यात्रीलाई जोत्दै ६ जनाको ज्यान लिएको छ र १० भन्दा बढी दुर्घटनामा घाइते भएका छन् ।

प्रहरी पूर्वी उपायुक्त प्रमोद कुमारका अनुसार हालसम्म दुर्घटनामा ६ जना मारिएको पुष्टि भइसकेको छ जसमा तीनजनाको सनाखत भएको छ ।प्रत्यक्षदर्शीका अनुसार तीब्र गतिको बस सिओडी पुलतर्फबाट झकरकटी बसस्टपतर्फ गइरहेको थियो । बसको गती यति तीब्र थियो कि त्यो अनियन्त्रित भयो र टाटपिम चौबाटोमा भएको ट्राफिक बुथलाई हावामा उडाइदियो ।

प्रहरीका अनुसार त्यसपछि बसले एकपछि अर्को गर्दै दुईवटा कारलाई ठक्कर दियो, त्यसपछि कार्यालयतर्फ आउजाउ गर्ने पैदल यात्रीलाई पनि ठक्कर दियो । अनियन्त्रित बस, ट्रकमा ठक्कर हान्दै डिभाइडरमा छिर्यो र घटनास्थलमा नै ६ जनाको मृत्यु भएको छ । जबकी १० भन्दा बढी घाइते भएका छन् । कानपुर प्रहरी कमिश्नर विजय मिणाले बीबीसीसँगको कुराकानीमा घाइतेलाई अस्पताल पठाइएको बताउनुभयो । उनीहरुको सनाखत गर्ने प्रयास गरिँदैछ । यसका साथै बस चालकको खोजी गरिँदैछ । दुर्घटनाको अनुसन्धानका लागि पूरा टिम बनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार