नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारीसहित चारजना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा अस्पतालका कर्मचारी र बिचौलियालाई पक्राउ गरेको छ । भक्तपुरको मध्युपरठिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर बनाएको अभियोगमा कर्मचारीसहित बिचौलियाहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान महाशाखा मिनभवनका सूचना अधिकृत तथा प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा विदेह नगरपालिका–४ धनुषाका रोशनकुमार छिट्टान, छिरेश्वर नगरपालिका–१ धनुषाका नागेन्द्र यादव, तेमा गाउँपालिका–५ काभ्रेका माधव मैनाली र बलरा नगरपालिका–७ सर्लाहीका प्रसन्नकुमार झा छन् । त्यस्तै राजदेवी नगरपालिका–४ रौतहटका भावेश मित्र र काठमाडौं महानगरपालिका–३२ का निर्मल गिरी भने फरार छन् ।प्रहरीका अनुसार आरोपित प्रसन्नकुमार झा नागरिक कम्युनिटी टिचिङ अस्पतालका ल्याब प्रबन्धक हुन् ।

भावेश मिश्र नागरिक कम्युनिटी टिचिङका पीसीआर ल्याब सञ्चालक र निर्मल गिरी कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालन हुन् । उनीहरूले नक्कली पीसीआर रिपोर्ट बनाउन महँगो शुल्क अशुल गरेको समेत पाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट पीसीआर रिपोर्ट नेगेटिभ बनाउने कम्प्युटर मनिटर, ल्यापटप, सीपीयु, नक्कली पीसीआर रिपोर्ट र मोबाइलगायत सामग्रीसमेत बरामद गरेको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार