काठमाडौं । नवनियुक्त शाखा अधिकृतहरूले पदस्थापनाका लागि निकायरकार्यालय छनौट गर्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत विवेक विडारीका अनुसार शाखा अधिकृतहरूलाई कार्यालय छनौट गर्न मंगलबारसम्मको समय दिइएको छ।
माघ १८ को निर्णयअनुसार नियुक्त भएका शाखा अधिकृतले मंगलबार अपरान्ह ५ बजेभित्र कार्यालय छनौट गरिसक्नुपर्नेछ । अनलाइनमार्फत् कार्यालय छनौट गर्न सकिने मन्त्रालयले जनाएको छ।रिक्त रहेका निकाय वा कार्यालय आफैँ छनौट गर्न शाखा अधिकृतहरूलाई मन्त्रालयले आग्रह गरेको हो। सेतोपाटीबाट