टेस्लालले एकैपटक फिर्ता ल्यायो ८ लाख १७ हजार कार

काठमाडौँ । अमेरिकी विद्युतीय कार कम्पनी टेस्लाले ८ लाख १७ हजार कार फिर्ता ल्याउने भएको छ । सिट बेल्टमा समस्या देखिएपछि कम्पनीले एकैसाथ बजारबाट लाखौं कार फिर्ता बोलाएको हो ।

टेस्लाले सन् २०२१ को अन्त्यमा र सन् २०२२ को सुरूवातमा बजार पठाइएका मोडलहरू एस, एक्स, थ्री र वाई फिर्ता बोलाएको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ । ती कारमा जडान गरिएको सिट बेल्टमा सुरक्षा अलर्ट देखिएको थियो ।

अमेरिकाको ‘नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन’मा दर्ता गरिएको फाइलअनुसार समस्या ठिक गर्न सुरू भइसकेको छ । यस्तै, बाँकी कारहरूको सिट बेल्ट सम्बन्धी समस्या पनि यही महिनाको अन्त्यसम्म समाधान भइसक्ने बताइएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार