निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिए : महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएको बताउनुभएको छ । सरकारले ३० वैशाखमा एकै चरणमा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आशंकाहरु हटेको थापाले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ,’ उहाँले लेख्नुभएको छ ।

‘अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन,’थापाले भन्नुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार