नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दलको सचेतकमा शाही

सुर्खेत । नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलको सचेतकमा अमृता शाही मनोनित हुनुभएको छ । मंगलबार संसदीय दलका नेता जीवनबहादुर शाहीले उहाँलाई सचेतकमा मनोनित गर्नुभएको हो।

शाही कर्णाली प्रदेश सभामा सुर्खेत प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) बाट प्रतिनिधित्व गर्नुहुन्छ । यसअघि सचेतक रहेका सांसद हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार