स्थानीय तह निर्वाचनको तयारीबारे गृहमन्त्री र अर्थमन्त्रीबीच छलफल

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा निर्वाचन लक्षित बजेटबारे छलफल भएको बैठकमा सहभागी गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसालले बताउनुभयो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि अत्यावश्यक सवारी साधन र बन्दोबस्तीका सामानको व्यवस्थापनका लागी आवश्यक बजेटबारे कुरा भएको छ । सहसचिव डा. भुसालका अनुसार गृह मन्त्रालयले बिहीबारसम्म चालू तर्फको समेत बजेट एकीन गरेर अर्थ मन्त्रालयमा पठाउने तयारी गरेको छ ।

छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला र योजना महाशाखा प्रमुख डा. भुसाल सहभागी थिए ।

अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई चाप परेको बताउनुभएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान मागेपछि दुईजना मन्त्रीबीच छलफल भएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार