सिडिओद्धारा वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति विघटन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले म्यानपावर व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघको कर्यासमिति विघटन गरेको छ ।

पटक–पटक तोकिएको मितिमा साधारण सभा नगरेकाले पुनः साधारण सभा गर्नका लागि सहमति दिन नसकिने प्रशासनले जनाएको छ । यसअघि गत असार ४ गते प्रशासनले संस्थाको विधानमा भएको व्यवस्था अनुसार अध्यक्ष मनोनयन नहुँदासम्मका लागि दैनिक अत्यावश्यक बाहेक संस्थालाई आर्थिक दायित्व सिर्जना हुने नियुक्तिसम्बन्धी काम सञ्चालन नगर्न पत्राचार गरेको थियो ।

भदौ ५ गते पुनः पत्रचार गर्दै सुरक्षा मापदण्ड पालना गरी असोज ७ गते निर्वाचनसहितको साधारण सभा सञ्चालन गर्न अनुमति दिएको थियो । तर, संघले दसैँ, तिहार र छठपर्व देखाइ मंसिर २७ गते साधारण सभा गर्ने निर्णय भएको जानकारी प्रशासनलाई दिएको थियो ।उक्त मितिमा साधारण सभाका लागि स्वीकृति दिए पनि विभिन्न कारण देखाइ पुस २३ गते हुने भनेको प्रशासनले उल्लेख गरेको छ । पुस २३ गतेबाट पनि फेरि पुस ३० गतेका लागि मिति सारिएको थियो । उक्त मितिमा पनि साधारण सभा हुन सकेन । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार