चोरिएको बालकुमारीको मूर्ति भेटिएपछि बाजागाजासहित सुनाकोठी लगिँदै

काठमाडौँ । गत माघ ९ गते हराएको बालकुमारी मन्दिरको मूर्ति ललितपुरमा भेटिएपछि बाजागाजासहित सुनाकोठीमा लगिँदै छ। स्थानीयले मूर्ति भेटेको खुसीयालीमा बाजागाजासहित जावलाखेलबाट पैदल यात्रा गर्दै बालकुमारी मन्दिरमा मूर्ति प्रतिस्थापना गर्न लागेको हो।महानगरीय प्रहरी परिसर ललितपुरले शुक्रबार मूर्ति भटेपछि मुचुल्का उठाएर पत्रकार सम्मेलन गरेको थियो।

शुक्रबार बिहान पौने ८ बजे ललितपुर महानगरपालिका–१५ स्थित हात्तीवन गैरीगाउँको करूणा मन्दिर बाहिर पेटीमा उक्त मूर्ति फेला परेको प्रहरी उपरीक्षक (एसपी) शिद्धिबिक्रम जानकारी दिनुभयो। एसपी शाहका अनुसार बिहान मन्दिर अगाडि बोरा फेला परेको थियो। स्थानीयले शंकास्पद बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेर हेर्दा सुनाकोठीबाट हराएको मूर्ति फेला परेको हो। ‘बोराभित्र राखेर राति नै छोडिएको छ। बिहान फेला पर्‍यो,’ प्रहरी उपरीक्षक शाहले भन्नुभयो,‘भेरिफाई गर्दैछौं।’

यसको अनुसन्धान गर्न ललितपुर परिसर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले अनुसन्धान गरिरहेको थियो। मूर्ति चोरीको विषयमा हालसम्म कसैलाई पक्राउ नगरेको प्रहरीले जनाएको छ।‘हामीले मान्छेहरू ल्याएर सोधपुछ गर्ने काम गरिरहेका थियौं,’ शाहले भन्नुभयो ‘दबाब सिर्जना भएपछि छोडेर गएको जस्तो देखिन्छ।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार