आजदेखि भक्तजनको लागि खुल्यो पशुपतिनाथ मन्दिर

काठमाडौँ । हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ ।कोरोना भाइरस महामारीका कारण झन्डै एक महिनादेखि दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुल्ला गरिएको हो ।

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान कायम गरेपछि मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।दर्शनार्थीले मास्क अनिवार्य लगाउनु पर्नेछ भने सरकारबाट जारी भएका स्वास्थ्य मापदण्ड पालना गरिने कोषको भनाइ छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार