दूग्ध विकास संस्थानले बढाएको उपभोक्ता मूल्य मान्दैनौ : डेरी व्यवसायी

काठमाडौं । डेरी उद्योगीले दूग्ध विकास संस्थानले कायम गरेको दुधको उपभोक्ता मूल्य नमान्ने बताउनुभएको छ । संस्थानले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएपछि सो निर्णय नमान्ने उद्योगीले बताउनुभएको हो ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले संस्थानले निर्धारण गरेको उपभोक्ता मूल्य अव्यवहारिक र अवैज्ञानिक भएकाले उक्त मूल्य नमान्ने बताउनुभयो । उहाँले आज आयोजित एसोसिएसन र डेरी उद्योग संघको संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।

संस्थानले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएर ८५ रुपैयाँ कायम गरेको छ । जसअनुसार आधा लिटर दुधको मूल्य ४२.५० रुपैयाँ पर्न आउँछ । तर, बिक्रेताले प्रति आधा लिटर दूधको मूल्य ४३ रुपैयाँ लिने गरेको एसोसिएसनले जनायो ।

यसअघि, संस्थानले उपभोक्ता मूल्य ८६ रुपैयाँ तोक्ने बताइएको थियो । तर, सो अनुसार मूल्य नतोकिएपछि संस्थानको निर्णय नमान्ने र उपभोक्ता मूल्य ८६ रुपैयाँ नै लिने दुई सस्थाले संयुक्त रुपमा बताउनुभएको हो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार