एमसीसीबारे संसदमा छलफल गर्नुपर्छः कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे संसदमा छलफल गरेर दूधको दूध पानीको पानी छुट्याउनु पर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा प्रेस युनियनले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । परियोजनामा त्रुटि भए संसदबाटै जनतालाई बुझाउनुपर्ने उहाँले बताउनुभयो । सभामुखले एमसीसीसम्बन्धी प्रस्ताव बहाना नबनाइ अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

एमसीसीबारे अनर्गल प्रचार गरेर भ्रम छर्ने काम भएको उहाँको भनाइ छ । ‘सत्यको मुख बन्द भयो भने झुटोको मुख चल्छ । एमसीसीबारे त्यस्तै भएको छ । अब, एमसीसीबारे वहस गर्नुपर्ने ठाउँमा हुन सकेको छैन । झुटो प्रचारले जनतामा भ्रम छरिएको छ,’ उहाँले भन्नुभयो। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार