बारले आजदेखि फेरि सर्वोच्च अदालतमा प्रदर्शन गर्ने

काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आइतबारदेखि फेरि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा अनि न्यायपालिका सुधारको माग राखी बारले भौतिक उपस्थितिमै प्रदर्शन गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढेपछि बारले पुसको अन्तिम सातादेखि २५ जनाको उपस्थितिमा मात्रै सांकेतिक प्रदर्शन गर्दै आएको थियो ।कोरोना संक्रमणको कारण सर्वोच्च अदालतले सेवा कटौती गरेपछि बारले पनि भौतिक उपस्थितिको साटो हरेक दिन ११ बजेदेखि १२ बजेसम्म भर्चुअल रुपमा विरोध प्रदर्शन गरिरहेको थियो ।

सर्वोच्च अदालतले सबै सेवा खुलाएको दिनदेखि नै बारले पनि भर्चुअलको सट्टा भौतिक उपस्थितिमै प्रदर्शन शुरु गर्ने निर्णय गरेको हो ।नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सुरु गरेको आन्दोलन १०५ दिन पुगिसकेको छ ।बारले इजलास बहिस्कारदेखि प्रशासनिक कामकारबाहीमा समेत प्रधानन्यायाधीश जबराको संलग्नताको विरोध गर्दै आएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार