कार्की कामु प्रधानन्यायाधीश बन्ने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बन्ने हुनुभएको छ। कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन्।

६५ वर्षे उमेर हद लागु हुने व्यवस्था अनुसार कार्की आगामी असोज महिनामा ६५ वर्ष पुग्नेछन् र स्वतःअवकाश हुनुहुनेछ । जबराको कार्यकाल भने आगामी मंसिर महिनासम्म थियो । तर जबराविरुद्ध महाअभियोग लागेपछि कार्कीले अवसर पाउनुभएको हो ।

संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म प्रधानन्यायाधीशले कुनै कामकारबाही गर्न पाउनेछैनन् । सत्तारुढ गठबन्धनका गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ लगायत ९८ सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता गराएका छन्। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार