काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय १५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।
यस्तै कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ८ सय ९२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३५ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २२ हजार ५ सय ८४ रहेको छ ।