
काठमाडौं । मोरङमा आमाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। उर्लाबारी नगरपालिका(४ आइतबारे बस्ने ३५ वर्षीय गंगाप्रसाद भण्डारीलाई प्रहरीले पक्राउ गरेको १ प्रदेश नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।
उनीमाथि आफ्नै आमाको हत्या गरेको आरोप छ। आइतबार घरायसी विवाद हुँदा ७० वर्षीय चन्द्रमाया भण्डारीमाथि दाउराको चिरपटले प्रहार गरेको कार्यालयले जनाएको छ।
चिरपट प्रहारपछि चन्द्रमाया गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएको छ। त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या आरोपमा गंगाप्रसादलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको हो। सेतोपाटीबाट