एजेन्सी । रुसको तर्फबाट युक्रेनमा कुनै पनि बेला हमलाको सम्भावनाकाबीच अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले अमेरिकाले युक्रेनलाई एक बिलियन डलरको आर्थिक मद्दत गर्ने घोषणा गरेको छ ।
ब्लिङ्कनले भन्नुभयो, ‘हामी युक्रेनका लागि बलियो अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि सहयोगीसँग मिलेर काम गरिरहेका छौँ, युक्रेनमा प्रमुख सुधारको समर्थन दिनका लागि अमेरिका १ बिलियन डलरको ऋण दिनेछ । यसले युक्रेनलाई समृद्ध बनाउन मद्दत गर्नेछ ।’
यसअघि अमेरिकी राष्ट्रपति जो बोइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भनेका थिए, ‘युक्रेन संकटको कुटनीतिक समाधानका लागि सबै आशा अहिले नै समाप्त भएका थिएनन् । युक्रेनमा रुसको सैन्य कारवाहीको चेतावनीपश्चात् पनि एउटा सम्झौता अहिले पनि सम्भव छ ।’दुबै नेताले फोनमा भएको कुराकानीमा यसबारे सहमति व्यक्त गर्नुभएको थियो।
रुसले युक्रेनको सीमामा एक लाख सैनिक तैनाथ गरेको छ, तर उनीहरुले हमलाको कुरालाई अस्वीकार गर्दै आउनुभएको छ। लगभग दर्जन बढी देशले आफ्नो नागरिकलाई तुरुन्त युक्रेन छोड्न भनेको छ । यस्तै अमेरिकाका अनुसार युक्रेनमाथि हवाई हमला कुनै पनि बेला सुरु हुनसक्छ । अमेरिकाले आफ्ना सबै नागरिकलाई युक्रेन छोड्न सल्लाह दिएको छ । रातोपाटीबाट