रहेनन् साहित्यकार तारानाथ शर्मा

काठमाडौँ । साहित्यकार तथा समालोचक तारानाथ शर्माको निधन भएको छ । मङ्गलबार बिहान ८ः३० बजे आफ्नै निवास सरस्वती नगर चाहवेलमा उहाँको निधन भएको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिनुभयो ।

१९९१ मा इलामको बरबोटेमा जन्मिएका शर्मा लामो समयदेखि बिर्सने रोग लगायत उमेरसँगै हुने विभिन्न रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने लेकालीले जनाउनुभयो । झर्रोवादी आन्दोलनका एक स्तम्भका रूपमा चर्चित उहाँका सम्पादन र मौलिक गरी करिब दुई सय कृति प्रकाशित छन् । उहाँका दुई छोरा र एक श्रीमती छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार