एमसीसी पास गर्न ढिलाई नगरौं : कोईराला

काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालाले एमसीसी पास गर्न ढिलाई गर्न नहुने बताउनुभएको छ । उहाँले एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने बताउनुभयो ।

उहाँले अनुदान लिन्न भन्नु हास्यास्पद भएकोले अन्र्तराष्ट्रिय सम्बन्धलाई राम्रो बनाइराख्न एमसीसी टेबुलबाट पास गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा ठूला अनुदान भित्र्याउन नदिने याड्यन्त्रकारी शक्ति रहेको भन्दै यसलाई हरेक पार्टीले समर्थन गरेर पास गर्नुपर्ने बताउनुभयो।

नेतृ कोईरालाले एमालेसहितका सबै दलहरुले सरकारमा रहँदा एमसीसी पास गर्नुपर्ने कुरा अघि सारेकोले अहिले विरोध गरेर दोहोरो चरित्र देखाउन नहुने बताउनुभयो । उहाँले नेपाललाई एमसीसीले कब्जा गर्न नसक्ने पनि बताउनुभयो। nagariknews.nagariknetwork

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार