नेकपा एसको रणनीति : एमसीसी सकेसम्म टेबल गर्न नदिने, टेबल गरे विपक्षमा मतदान गर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने भएको छ । सरकारले आज प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि पेस गर्ने तयारी गरिरहेको छ ।

सरकारले एमसीसी टेबल गरे विपक्षमा उभिने निर्णय नेकपा एसले गरेको हो । सकेसम्म टेवल गर्ने वातावरण बनाउन दिँदैनौँ । यदि टेबल भए विपक्षमा मत हाल्छौँ । राष्ट्रभन्दा ठुलो सत्ता र गठबन्धन होइन,’ नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भन्नुभयो ।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पनि एमसीसी टेबल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सरकारमा सहभागी अर्को दल जनता समाजवादी पार्टी (जसपा), नेपालले भने माओवादी र नेकपा एसले जे निर्णय गर्छन् सोही अनुसार अघि बढ्ने बताएको छ । सत्तारुढ दलहरुमध्ये एमसीसीको पक्षमा नेपाली कांग्रेस मात्र देखिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार