काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि एमाले छलफलमा जुटेको हो । आज सरकारले विवादित एमसीसी संसद बैठकमा पेश गरेको छ ।
संसद बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका हुन् । अध्यक्ष ओलीसँगको छलफलमा नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु उपस्थित रहेका छन् । नागरिक खबरबाट