गंगालाल हृदय रोग केन्द्रका तत्कालीन ल्याब इञ्चार्जविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इञ्चार्ज विनोदकुमार यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार यादवविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनले केन्द्रको छाप आफूखुसी बनाएर नक्कली पिसिआर रिपोर्ट बनाइदिने गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताउनुभयो। अनुसन्धानका क्रममा यादवले प्रयोग गर्ने कम्प्युटरको फरेन्सिक जाँच गरिएको थियो।

फरेन्सिक जाँच गर्दा फेला परेका पिसिआर रिपोर्टहरू सबै नक्कली भेटिएको भण्डाले बताउनुभयो। पिसिआर रिपोर्टका लागि स्वाब संकलन नै नगरी रिपोर्ट दिने गरेको, परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आए पनि रकम लिएर नेगेटिभ भएको प्रमाण पत्र दिने गरेको पाइएको भण्डारीले बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार