दुई दिनसम्म बढेको नेप्सेमा १५.५० अङ्क गिरावट

काठमाडौं । दुई दिनसम्म दोहोरो अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अङ्कको गिरावट भएको छ । आज (बिहीबार) नेप्से सूचक १५.५० अङ्कले घट्दै २७२०.४३ कायम भएको छ । गत बिहीबार मौद्रिक नीति समीक्षा सार्वजनिक भएपछि आइतबार पनि घटेको नेप्से सोमबार र मंगलबार दोहोरो अङ्कले बढेको थियो ।

आज ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर (धितोपत्र) ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँमा कारोबार भएको छ । मंगलबार ३ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम पनि घटेको हो । दिनभर नै ‘फ्लक्चुएट’ भएको बजारका लगानीकर्ताले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कार्यान्वयन निम्ति आवश्यक ‘सर्कुलर’ कुरेको देखिएको छ ।

नेप्से सूचक दोहोरो अङ्कले घट्दा धेरैजसो उपसमूह पनि नकारात्मक बनेको छ । उपसमूहमा जलविद्युत (१.७) र म्युचुअल फण्ड (०.८४) मात्रै वृद्धि भएको छ । दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले आज अन्य कम्पनीका शेयर लगानीकर्ताले भन्दा प्रतिशतका हिसाबले धेरै कमाएका छन् । यो कम्पनीको शेयरमा आज सकारात्मक सर्किट लागेको छ ।

युनाइेट इदी मार्दी र घलेम्दी हाइड्रोको शेयर कारोबारमा पनि सर्किट लागेको छ । सर्वसाधारणतर्फ आज नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो कम्पनीको शेयरमूल्य ३.६२ प्रतिशतले घटेको छ । नेप्से सेन्सेटिभ इन्डेक्स ५.२२ अङ्कले घटेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने यो इन्डेक्स घटेर ५१७.९३ मा आइपुगेको हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार