म्याग्दीका अग्रज पत्रकार धु्रबसागर शर्मालाई पुत्री शोक परेको छ । बेनी नगरपालीका=२, बगरफाँट निवासी शर्माको माहिली छोरीको भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा मंगलबार राती निधन भएको हो ।
बिनिताको विगत ९ महिनादेखि आन्द्राको क्यान्सर रोगको उपचार भइरहेको थियो । उपचारार्थ शर्माको बुधबार धार्मिक विधि तथा परम्पराअनुसार कालिगण्डकीमा अन्त्येष्टि गरिएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिमको किसानी माविमा जेटिए अध्ययन गर्दै आएकी २२ वर्षीया बिनितालाई स्वास्थ्यमा समस्या देखिएपछि बेनी अस्पताल र पोखरामा चेकजाँचपछि डक्टरको रिपोर्ट अनुसार क्यान्सर रोग लागेको पत्ता लागेको थियो ।
अस्पतालमा भर्ना गरी किमो, थेरापी र अप्रेशनको तयारीको क्रममा स्वास्थ्य जटिल भएको थियो । साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय नेपाल प्रेस युनियन म्याग्दीका पूर्व अध्यक्ष समेत रहनुभएका शर्माको छोरीको निधभनप्रति पत्रकार महासंघ म्याग्दीले विज्ञप्तिमार्फत् गहिरो दुख व्यक्त गरेको छ ।