नेपाल शिक्षक संघ मंगला गाउँपालिका अध्यक्षमा पुनः राम्जाली

बेनी । नेपाल शिक्षक संघ मंगला गाउँपालिका कार्यसमितिको अध्यक्षमा पुनः टेकबहादुर राम्जाली चयन हुनुभएको छ । शनिबार बावियाचौरमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट अध्यक्षमा राम्जाली सर्वसम्मत चयन हुनुभएको हो ।

कार्यसमितिको उपाध्यक्षमा धनश्याम सुबेदी ,महिला उपाध्यक्षमा रिता बोहोरा ,सचिवमा सुनिल सापकोटा ,सचिव अर्थमा झलकप्रसाद शर्मा ,सहसचिवमा नुर बहादुर खड्का ,सह–सचिव महिलामा ज्ञानु बुढाथोकी,सह–सचिव अर्थमा धनबहादुर जिसी ,सह–सचिव समावेशीमा हर्कबहादुर छन्त्याल ,सह–सचिव समावेशीमा जगबहादुर रोका चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा धनमायाँ अर्मजा, कृष्णप्रसाद उपाध्याय, पृथलाल छन्त्याल, निलकुमारी छन्त्याल, धनमायाँ गौतम, गिता खत्री, सुस्मिता थापा, टिका पाईजा, गणेश सुबेदी, ज्ञानबहादुर खत्री, रुद्धबहादुर खड्का र कर्णबहादुर रोका रहेको जनाइएको छ । अधिवेशनको नेपाली कांग्रेसका सभापति खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभएको थियो ।

सभापति गर्बुजाले समाजका हरेक सामाजिक तथा राजनिक विकृतीहरुलाई निरुत्साहित गदै सुन्दर समाज निर्माण गर्न शिक्षक संघको भूमिका रहेको बताउनुभयो । उहाँले आगामी स्थानीय तहमा पदीय जिम्मेबारीलाई समेत कायम राखेर पार्टीको गतिविधिमा साथ दिन समेत अनुरोध गर्नुभएको थियो ।

शिक्षक संघका सदस्य नविन भट्टराई नेपाली कांग्रेसका यूवा नेता रविन पुन, मालिका शिक्षक संघको अध्यक्ष गोपाल रेग्मी, नेपाल शिक्षक संघका अध्यक्ष नगेन्द्र खत्री, शिक्षक संघको निर्वतमान अध्यक्ष दुर्गाराम सुबेदी, नेपाली कांग्रेस मंगला समितिका सभापति नरसिंह केसी, नेका प्रदेश ख का सभापति टंक पुन, नेका म्याग्दीका उपसभापति केबी भण्डारीले बोल्नुभएको थियो । अधिवेशनको अध्यक्षता टेकबहादुर राम्जाली, स्वागत हर्क छन्त्याल र सञ्चालन सुनिल सापकोटाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार