प्रचण्ड र नेपाल भेडाको खोल ओढ्ने ब्वाँसा हुन : भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई ‘भेडाको खोल ओढ्ने ब्याँसा’को संज्ञा दिनुभएको छ ।

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा प्रचण्ड र नेपालले दोहोरो भूमिका निर्वाह गरेपछि भट्टराईले यस्तो कटाक्ष गर्नुभएको हो । ‘कुनैपनि राजनीतिकरसामाजिक मुद्दामा पक्ष र विपक्ष हुनु स्वाभाविक कुरा हो ।

पक्ष र विपक्षमा हुने दुवैले आफ्नो सोंच र निष्ठाको धर्म निर्वाह गर्छन्,’ भट्टराईले आइतबार विहान सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, ‘तर आफ्नो निजीरदलीयरगुटीय स्वार्थनिम्ति दोहोरो भूमिका खेल्नेहरू समाजका दुश्मन हुन् ! भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक हुन्छन् भन्ने बुझौं !’

एमसीसीलाई सत्तारुढ दलहरु विभाजित भएपछि भट्टराईले निजी स्वार्थको लागि नेताहरुले दोहोरो भूमिका खेलेको आरोप लगाउनुभएको हो । सत्तारुढ दलमध्ये अहिलेसम्म नेपाली कांग्रेस मात्र एमसीसी हालकै अवस्थामा संसदबाट अनुमोदन गर्ने पक्षमा उभिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार