पूर्वमन्त्री श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आइतबार विषेश अदालतमा भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ । पूर्व सचिव समेत रहनुभएका श्रेष्ठ २०७० सालमा बनेको तत्कालिन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री हुनुहुन्थ्यो ।

उहाँलाई सार्वजनिक सेवा प्रवेश गरेयता अकुत सम्पत्ति आर्जन गरेको अभियोग छ । अख्तियारले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ बिगो कामय गरेको छ । ६८ लाख ५० हजार ९ सय ५३ रुपैया बैक ब्यालेन्स देखिएकाले उक्त रकम जफत गर्न र बिगो बापत्को बाँकी रकम उहाँको जायजेथाबाट असुलउपर गर्न अख्तियारले मागदाबी गरेको छ । ekantipurबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार