एमसिसी पाउनु हाम्रो हक, सम्मानजनक हुनुपर्छ : खनाल

काठमाडौँ । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसिसीजस्ता सहयोग पाउनु नेपालको हक भएको बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा भइरहेको एमसिसी सम्झौताबारेको छलफलमा बोल्दै खनालले नेपालजस्ता अविकसित मुलुकले विकसित मुलुकबाट सहायता पाउनु हक भएको बताउनुभएको हो । एमसिसीजस्तो सहयोग पाउनु हक भए पनि त्यो सम्मानजनक हुनुपर्ने खनालले बताउनुभयो।

अहिले एमसिसी सम्झौतामा धेरै सर्तहरू रहेकाले यो नेपालको हितमा नभएको खनालले बताउनुभयो । उहाँले एमसिसीबारे थप छलफल आवश्यक भएको पनि उल्लेख गर्नुभयो।आफू प्रधानमन्त्री हुँदा एमिसिसी परियोजनाबारे कुनै पनि प्रक्रिया अघि नबढेको उहाँले दाबी गर्नुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार