काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमसीसी अमेरिकाको सैन्य रणनीति अन्तर्गत भएको भन्दै त्यसलाई पास गर्न नहुने बताउनुभएको छ ।
आइतबार प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलमा भाग लिदै सांसद चौधरीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘तर कुनै शक्ति राष्ट्रको स्वार्थका लागि आफ्नो भूमि प्रयोग दिन वैधानिकता प्रदान गर्ने कुरालाई हामी राम्रो मान्दैनौ ।’
उहाँले भारतमा सिक्किम विलय भएको घट्ना स्मरण गर्दै त्यसबेला पनि सिक्किमका प्रमुख राजनीतिक दलहरुले यस्तै बाटो प्रयोग गरेको बताउनुभयो । ‘नेपालमा पनि यही रणनीतिको माध्यमबाट अमेरिका प्रवेश गराउने र त्यसपछि कुनै न कुनै अमेरिकी सैन्य रणनीतिबाट हामी अलग हुन सक्दैनौ’, चौधरीको भनाइ छ ।
उहाँले नेपाल असंलग्न राष्ट्र नीति मान्ने देश भएको भन्दै एमसीसी अनुमोदनपछि असंलग्न र पञ्चशीलको नीतिमा रहन सक्छौ भन्दै प्रश्न गर्नुभयो । ‘के एमसीसी परियोजना पास गरेपछि हामी असंलग्न राष्ट्रका जनता हुन सक्छौ रु के पञ्चशीलको आधारमा सवै देशमा समान सम्बन्ध हुन सक्छ रु विल्कुल हुन सक्दैन । त्यसैले यो परियोजना पास गर्ने कुरामा कुनैपनि राजनीतिक दल र माननीयहरु नलागौँ’, चौधरीले सभामुखमार्फत आग्रह गर्नुभयो । रातोपाटीबाट