फोनिज गण्डकी प्रदेशको अध्यक्षमा श्रीस मगर

धनिलाल गर्बुजा

पोखरा । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा रुद्रबहादुर श्रीस मगर चयन हुनुभएको छ । बुधबार पोखरामा सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट श्रीस मगर सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । श्रीस मगर यस अघि महासचिव हुनुहुन्थ्यो ।

यसैगरी ,महाधिवेशनबाट उपाध्यक्षद्वयमा क्रमशः खिमा गुरुङ र सूर्यकुमारी महतो (महिला) चयन हुनुभयो । महासचिवमा धनबहादुर गुरुङ, सचिवद्वयमा त्रमशः विजय रानामगर (संगठन) र अर्जुन गाहामगर सुशान्त (संस्थागत) र कोषाध्यक्षमा रत्ना गुरुङलाई चयन हुनुभएको छ ।सदस्यहरुमा क्रमशः गिता रानामगर, कृष्णबहादुर आलेमगर, चेतबहादुर थापामगर (प्रविन), सुरज थापामगर, सुमन थापामगर, शारदा श्रेष्ठ, गणेश गुरुङ (सुरेन), ठोपबहादुर रानामगर र मनलाल गुरुङ चयन हुनुभएको निर्वाचन समितिले जनाएकाे छ ।

महाधिवेशनको बन्दसत्रले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको फोनिज गण्डकी प्रदेश ईन्चार्ज हुम गुरुङले जानकारी दिनुभयो। अध्यक्ष श्रीस मगरले संगठनको विद्यान अनुसार आफुले काम गर्ने बताउनुभयो । निष्पक्ष भएर सबैसंगको सहकार्यमा संगठनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेश भित्रका बाँकी रहेका जिल्लामा फाेनिजकाे शाखा विस्तार अभियानलाई तिब्रता दिने समेत बताउनुभयो ।

कार्यक्रममा फोनिज संघीय समितिका अध्यक्ष डण्ड गुरुङ, वरिष्ठ उपाध्यक्ष गजुरधन राई, संगठन सचिव मिलन लिम्बू, संघीय समिति सदस्य मिला दराईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गर्नुभएको थियो । उहाँले पत्रकार पुर्वाग्राही नभई प्रतिपक्षको भुमिका निर्वाह गर्नुपनेमा जोड दिनुभयो । सोही उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका कानुन ,संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले फोनिजलाई विनियोजन भएको बजेट सदुपयोग भएको भन्दै थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार