कोभिडका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढे : डब्लुएचओ

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना (केस) वृद्धि भएको जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले वृद्धि भएको संगठनले जनाएको हो ।

कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता घटना विश्वव्यापी रुपमा वृद्धि भएको डब्लुएचओको भनाइ छ । साथै, सन् २०२० मा प्रमुख डिप्रेसिभ डिसअर्डरका केसहरुमा २७ दशमलब ६ प्रतिशतले वृद्धि भएको थियो ।

डब्लुएचओका स्वास्थ्य तथा पदार्थ प्रयोग विभागका ब्रान्डन ग्रेले भन्नुभयो, ‘आकारका हिसाबले यो निकै ठुलो वृद्धि हो ।’ मानिसको मानसिक स्वास्थ्य र खुसीले कोभिडको १९ को ठुलो प्रभाव रहेको ब्रिफिङले देखाएको उहाँले बताउनुभयो । उच्च दैनिक संक्रमण दरको सन्दर्भमा कोभिडले ठुलो असर गरेको स्थानमा बृहत् वृद्धि देखिएको थियो ।

पुरुषभन्दा महिला र किशोरीहरु कोभिडबाट प्रभावित भएका थिए । महामारीको समयमा महिलाहरु सबैभन्दा बढी प्रभावित भएको अक्टोबरको सुरुमा सार्वजनिक भएको एउटा प्रतिवेदनमा दर्शाइएको थियो । कोभिड महामारीको प्रारम्भिक वर्षमा मात्र डिप्रेसन र चिन्ताका बिरामीहरुको संख्या एक चौथााइले बढेको ल्यान्सेटको एउटा अध्ययनले देखाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार