हार्डवेयर पसलमा आगलागी

तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारको भोर्लेटार चोकमा आगलागी भएको छ । स्थानीय भुपाल हार्डवेयरको गोदाममा आइतबार बिहान करिब १० बजे आगलागी भएको हो ।

अहिले दमकल आगलागी भएको स्थानमा पुगिसकेको र आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।आगलागीका कारण छिमेकका अन्य घर पनि उच्च जोखिममा परेका छन् । आगलागी नियन्त्रणका लागि अहिले सेना र प्रहरी परिचालन गरिएको छ ।बिजुली सट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार